Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ४७ हजारमा संक्रमण पुष्टि

एजेन्सी । अमेरिकामा पुनः कोरोना संक्रमण बढ्दै गएको छ । सोमबार एकैदिन ४७ हजार ११५ संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटरका अनुसार सोही समयमा कोरोना संक्रमणबाट अमेरिकामा ११० जनाको मृत्यु भएको छ।

आइतबार अमेरिकामा ४५ हजार ६६० संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन भने ६३ हजार ५८७ संक्रमित थपिएका थिए।

गत २४ घण्टामा ब्राजिलमा ४० हजार १७३, जर्मनीमा ३८ हजार ६६४ र भारतमा ३ हजार २३७ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077