Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोट : इन्डोनेसियासँग खेल्दै नेपाल

काठमाडौं । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे शुरू हुनेछ ।

लगातार दुई खेलमा पराजित नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा छ ।

यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो ।

छनोटको समूह 'ए' मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा छ । इन्डोनेसिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077