Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसीले हटायो नेपालमाथि लगाएका सबै प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको सम्पूर्ण प्रतिबन्ध हटाएको छ।

२०७६ को असोजमा साधारणसभा गर्दै नयाँ कार्यसमिति निर्वाचित भएपछि आइसिसीले क्यानमाथिको निलम्बन शसर्त फुकुवा गरेको थियो।

यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो। तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो।

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत् कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077