Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल इन्डोनेसियासँग हारेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा इन्डोनेसियासँग ७–० गोलले फराकिलो अन्तरसहित हार बेहोरेको हो ।

कुवेतको जाबिर अल अहमद मैदानमा नेपालले पहिलो हाफमा २ र दोस्रो हाफमा थप ५ गोल खायो । सुमन अर्यालले खराब ट्याकल गरेपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो खेलमा नेपाल जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजित भएको थियो । छनोटका ३ खेलमा नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतसँगको खेलमा गरेका थिए ।

यो हारसँगै नेपालले अङ्कविहीन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ । यो समूहमा ९ अङ्कका साथ जोर्डन शीर्षस्थानमा, ६ अङ्कसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077