Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरेका हुन् ।

कुल खर्चमध्ये प्रदेशले गर्ने चालुुतर्फको बजेट नौ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात् २८ दशमलव ११ प्रतिशत छ भने पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत छ ।

स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ रहेको छ । खर्च नभइ बचत हुने रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077