Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउन १ गतेदेखि कैदीबन्दीले दैनिक ८० रुपैयाँ पाउने

काठमाडौं । आउँदो साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० रुपैयाँ प्राप्त गर्ने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकामा उक्त रकममा २० प्रतिशत वृद्धि गरी रु ८० बनाइएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।

“कैदीबन्दीको प्रतदिन रु ६० र ७०० ग्राम चामल दिँदै आएकामा त्यसलाई ३३ प्रतिशत वृद्धि गरी प्रतिदिन रु ८० कायम गरिएको छ”, प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भने,'अर्थबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन् ।”

उनका अनुसार अब सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बीमासमेत गरिनेछ । सरकारले विभिन्न कारागारमा रहेका कैदीबन्दीको सीपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरेको छ ।

उनीहरूको सीपलाई उपयोग गरी उद्यमशीलता विकासमा लगाउन कार्यविधि तर्जुमाका क्रममा रहेको गृहमन्त्री खाणले बताए । “उनीहरूले पनि क्षमताअनुसार सीप सिकुन् र उत्पानदमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्य रहेको छ”, गृहमन्त्रीले भने ।

उनका अनुसार कारागारमा फोटोसहितको परिचयपत्र लागू गर्ने कार्य शुरू भएको र जैविक विवरणसहितको कैदीबन्दी व्यवस्थापन सूचना प्रणाली व्यवस्थापनका लागि रु दुई अर्ब ४६ करोड विनियोजन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077