Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चार वर्षका लागि सैनिक भर्ती गर्ने योजनाको भारतमा चर्को विरोध

एजेन्सी । भारतमा निश्चित अवधिका लागि मात्र सेनामा भर्ती गर्ने योजना अघि सारिएपछि विरोध प्रदर्शनहरु भएका छन्।

बिहीबार बिहारमा प्रदर्शनकारीले टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरुलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

अग्निपथ नाम दिइएको सो योजना मंगलबार सार्वजनिक गरिएको थियो। जसअनुसार साढे १७ देखि २१ वर्षबीचका युवालाई सेनामा भर्ना लिइने र चार वर्षपछि तीमध्ये २५ प्रतिशतलाई मात्र सेनामा राखिने छ।

भारतीय सेनाको बढ्दो खर्च कटौती गर्न यो योजना अघि सारिएको हो। भारतमा रक्षा बजेटको आधाभन्दा बढी तलब र पेन्सनमा जाने गरेको छ। सेनालाई आधुनिकीकरण गर्न यो कार्यक्रम आवश्यक रहेको सरकारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077