Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको हो ।

बैककमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' र 'बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९' पेस गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले 'सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, 'तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

गृहमन्त्रीले नै 'नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077