Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भोटेकोशी–३ का वडाध्यक्षमाथि बजेट हिनामिना गर्न खोजेको आरोप, कार्यालयमा तालाबन्दी

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष निमासोना शेर्पाले बजेट हिनामिना गर्न खोजेपछि स्थानिय राजनीतिक दलहरुले कार्यालयमा ताला लगाएका छन्।

स्वतन्त्रबाट उम्मेदवार बनेर जिता हासिल गररेका अध्यक्ष शेर्पाले तीन जना नेपाली कांग्रेसका वडा सदस्यलाई गुमराहमा पारी बजेट पास गर्न लगाएका थिए ।

आज नेपाली कांग्रेसका वडा सभापति विष्णु श्रेष्ठ, कांग्रेसकै उम्मेदवार काजी शेर्पा र एमालेका उम्मेदवार बिले तामाङका साथै माओवादी केन्द्रको पनि समर्थमा वडा कार्यालयमा ताला लगाइएको हो ।

बजेट पूर्ण रुपमा संशोधन नभएसम्म वडा कार्यालय नखुल्ने राजनीतक दलका प्रतिनिधिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077