Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हनी ट्रयापमा पारेर लाखौं असुल्ने दुई युवतीसहित छ जना पक्राउ

    हनी ट्रयापमा पारेर लाखौं असुल्ने दुई युवतीसहित छ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले ‘हनी ट्रयाप’ मा पारेर रकम असुल गर्ने युवतीसहितको गिरोहलाई पक्राउ गरेको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट दुई युवतीसहित छ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलाञ्चोक घर भई पेप्सिकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७ सुनसरी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी, मेलुङ–५, दोलखा घर भई हाल नखिपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।



    उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने र ‘हनी ट्रयाप’ मा पारेर रकम असुल्ने गरेकाे खुलेको महाशाखा प्रमुख एसएसपी बसन्त कुँवरले बताए ।



    उक्त गिरोहले प्रत्यक्ष भेटघाट पछि झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई डर, धम्की तथा त्रास देखाई मोलमोलाई गरेर ठूलो रकम माग्ने गरिएको अनुसन्धानका क्रममा खुलेको महाशाखाले जनाएको छ ।

    त्यतिमात्र नभई उनीहरुले पीडितबाट रकम असुल्नका लागि बाध्य गराउन केटीको नक्कली परिवारिक सदस्यदेखि नक्कली वकिल तथा पत्रकार खडा गरी मानसिक तनाव दिने गरेको पनि खुलेको एसएसपी कुँवरले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार