Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ

    काठमाडौंमा फिल्म निर्देशक नै ‘हनि ट्रयाप’मा, युवतीसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् ।

    डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ गराएका छन् ।



    झापाकी अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक बलेफीका विमल सुवेदी र दिपक पराजुली पक्राउ परेका हुन् । विमलले नै युवती प्रयोग गरी त्यसरी ती फिल्म निर्देशकलाई फसाएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तीनै जनाविरुद्ध अपराधिक लाभ मुद्दा दायर गरेको छ ।



    युवतीले भने बयानमा आफूलाई फिल्ममा खेलाउने भन्दै विभिन्न ठाउँमा डेटिङमा लगेर यौन प्रस्ताव राखेको बताएकी छिन् । पक्राउ परेकी युवती पहिला पोखराको किंग्स लाउञ्जमा काम गरेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार