Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फेरि पनि पक्राउ परे ‘हनी ट्रयाप’ मा पारेर लाखौं ठगी गर्ने युवतीहरु

    फेरि पनि पक्राउ परे ‘हनी ट्रयाप’ मा पारेर लाखौं ठगी गर्ने युवतीहरु

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 9.9K
    SHARES

    काठमाडौँ। महानगरीय अपराध महाशाखा काठमाडौंले ‘हनी ट्र्याप’मा पुरुषलाई फसाई रकम असुल्ने दुई जना युवतीसहित एक युवालाई पक्राउ गरेको छ।

    महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले गेष्ट हाउसमा बोलाएर गोप्य भिडियो खिचेर ब्लाकमेलिङ गर्ने भेरी नगरपालिका-६ जाजरकोटकी संगिता साह ‘ऋतु’ र साँगाचोकगढ-१२ सिन्धुपाल्चोककी सुस्मिता गिरीलाई पक्राउ गरेको हो ।



    त्यसैगरी उनीहरुले पीडितलाई चेक काट्न लगाएका ताडी गाउँपालिका-६ नुवाकोटका शंकर खनाललाई पनि पक्राउ गरेको छ । शाह र गिरी गोंगबुबाट पक्राउ परेका हुन् भने खनाल श्यम्भुबाट पक्राउ परेको महाशाखा प्रमृुख एसएसपी चन्द्रकुवेर खापुङले बताए ।



    शाह र गिरीले दुई युवकलाई चावहिल स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा संगैबसी, संगै बसेको भिडियो गोप्यरूपमा साथीलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक–पटक गरी नगद ८ लाख र शंकर खनालको नाममा ५ लाखको चेक काट्न लगाएका थिए ।

    प्रहरी अनुसन्धानबाट उनीहरुको धन्दा नै यस्तै ब्लाकमेलिङ भएको खुलेको छ ।

    गत साता मात्र महाशाखाले ‘हनी ट्र्याप’मा संलग्न दुई युवतीलाई पक्राउ गरेको थियो । महाशाखाले गत चैत ५ गते सुर्खेत जिल्ला विरेन्द्रनगर–१० घर घट्टेकुलो, काठमाडौं बस्ने ३७ वर्षिया लालसरी शाही ‘ललिता’ र कपन बस्ने ३७ वर्षिया कल्पना हमाललाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार