काठमाडौं । विदेश पठाइदिने प्रलोभनमा दुई महिलाबाट २१ लाख ४६ हजार रुपैँया लिएर भागेका व्यक्ति पक्राउ परेका छन् ।
ठगीको कसुरमा बारा जितपुर सिमरा उपमहानगरपालिका १ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ३२ वर्षका रुपेश कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार कार्कीले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ । कार्कीले पोखरा महानगरपालीका-१६ बिरौटाका पीडितलाई क्यानडा पठाइदिन्छु भन्दै ११ लाख ७१ हजार ठगी गरेको आरोप लागेको छ ।
यस्तै, काठमाडौं महानगरपालिका(३२ पेप्सीकोलाका पीडितलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भन्दै ९ लाख ७५ हजार ठगी गरेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।
उनीमाथि मुलुकी अपराध ऐन २०७४ कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।