Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसपीपी ओलीकै पालामा अघि बढेको विश्वप्रकाश शर्माको दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकै पालामा अघि बढाइएको दाबी गरेका छन्।

शनिबार ललितपुरस्थित नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै एसपीपी ओली नेतृत्वकै सरकारले अघि बढाएको खुलेको उनले बताए।

कूटनीतिक मर्यादाविपरीत एसपीपीमा सामेल भएर नेपाली सेना पनि विवादमा तानिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

उनले भने–‘संसदमा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौं, कांग्रेस गम्भीर भएन भनेर । २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नु भयो। उहाँहरूकै पालामा त्यसरी लेखिएको रहेछ।’

‘प्रधानमन्त्री देउवाले प्रष्ट रुपमा भनिसक्नु भएको छ। नेपालको सार्वभौमिकतालाई, भूराजनीतिक संवेदनशीलतालाई हेक्का नराखिकन यो प्रकारको कुनै पनि सन्धि, सम्झौतामा नेपाल देशले हस्ताक्षर गर्दैन। हामी यसमा सहमत हुँदैनौं। सहभागी हुँदैनौं ।’ उनले थप भने ।

महामन्त्री शर्माले यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद् हुनेतर्फ पनि सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077