Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टोखामा कुटपिटबाट एक जनाको मृत्यु, तीन पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या भएको छ ।

टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।

हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077