Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईजीपीविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हुँदै

    आईजीपीविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 999
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

    सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको हो ।



    त्यो दिन बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा छ। कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ।



    एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धिरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार