Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन

काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ ।

उनको आज बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

७५ वर्षीय राईको पाँच दिनअघि हर्नियाको उपचार गरिएको थियो । शनिबार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण उनलाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।

सन् १९९२ मा भुटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बस्दै आएका थिए । शरणार्थीको निःशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077