Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन

    भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ ।

    उनको आज बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



    ७५ वर्षीय राईको पाँच दिनअघि हर्नियाको उपचार गरिएको थियो । शनिबार दिउँसोदेखि मुटुको चाल कमजोर भएका कारण उनलाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।



    सन् १९९२ मा भुटानबाट खेदिएर नेपाल आएपछि राई दमकमा बस्दै आएका थिए । शरणार्थीको निःशुल्क उपचारमा संलग्न राईले चिकित्सासँगै शरणार्थी फिर्ती आन्दोलनको नेतृत्व गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार