Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा बुझाए १५ लाखको बैंक ग्यारेन्टी

    शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा बुझाए १५ लाखको बैंक ग्यारेन्टी

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आज काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन् ।

    उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा रिजालले १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका हुन् ।



    उनले धरौटी रकम बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल छुटेका छैनन् ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

    तर धरौटी बुझाउने रकम नहुँदा रिजाल आदेश जारी भएको २३ औं दिनसम्म पनि रिहा हुन सकेका थिएनन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रिजालले जिल्ला अदालतमा आज मात्रै बुझाएका हुन् ।

    जिल्ला अदालतबाट विभागमा वयान दिन गए पनि आज कार्यालय बन्द भएकाले रिजाल रिहा हुन भएनन् । रिजाललाई अब पुस ११ गते विभागमा वयानका लागि उपस्थित गराइने छ । रिजालको अब विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार