Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रिहा भए भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

    रिहा भए भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका अभियुक्त, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् ।

    उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएका रिजाल बुधबार थुनामुक्त भएका हुन् ।



    उच्च अदालतको आदेशानुसार रिजालको परिवारले आइतबार नै काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएको थियो ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण विभागमा पनि बयान दिएपछि रिजाल बुधबार रिहा भएका हुन् ।

    उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा उनी सुन्धारा कारागारमा रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार