Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चितवनमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए ।

मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउँछ। त्यसैले ती बाघलाई नियन्त्रणमा लिएर राख्नेछौ, उनले भने, “२०७७ सालयता हामीले चारवटा बाघलाई नियन्त्रणमा लिएका छौँ र अहिलेसम्म छाडेका छैनौंँ।”

२०७७ सालमा चितवनको देवनगर र बाँकेबाट चालू आर्थिक वर्षमा, गत जेठमा पूर्वी चितवनको राप्तीबाट र पछिल्लो पटक असार २ गते मेघौलीबाट आक्रमणकारी बाघलाई नियन्त्रणमा लिइएको हो। मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जका प्राविधिक टोलीले पहिचान गरेर डार्ट विधिबाट नियन्त्रणमा लिने गरेको छ।

त्यसरी नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको निगरानीमा राखिन्छ। उनीहरूको आनीबानीलाई अध्ययन गरेर छाड्न मिल्ने भए मात्र छाड्ने गरिएको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077