Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बैठकमै झगडा गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित १० जना निलम्बनमा

    बैठकमै झगडा गर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित १० जना निलम्बनमा

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 807
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित १० जनालाई निलम्बन गरिएको छ।

    आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो।



    संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए। अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो।



    तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो।

    कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी, पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् ।

    अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो । कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् ।

    कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । बैठक पूर्ण केन्द्रीय बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आज सकिने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार