Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अनेरास्ववियु क्रान्तिकारीले बनायो संयुक्त विद्यार्थी निर्वाचन परिचालन समिति

    अनेरास्ववियु क्रान्तिकारीले बनायो संयुक्त विद्यार्थी निर्वाचन परिचालन समिति

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 876
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले आगामी निर्वाचनमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गरेर परिचालन गर्ने भएको छ ।

    अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय कार्यालय बागबजार,काठमाडौंमा शुक्रबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने र परिचालन गर्ने निर्णय भएको हो ।



    संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरु गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुको निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा सहभागी बन्ने निर्णय गरेको छ।



    संयुक्त विद्यार्थी निर्वाचन परिचालन समिति सम्बन्धित निर्वाचन क्षेत्रको बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुसँग जोडिएर परिचालनको कार्यक्रम बनाउने निर्णय गरेको हो।

    साथै संयुक्त विद्यार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्नेछ ।

    सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरुसंग आवश्यक समन्वय गर्ने र गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्ताहरु अबको एक हप्ता भित्रमा आ-आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्यरुपमा केन्द्रित बन्न निर्देशन गरिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार