Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कैलालीमा क्याम्पसस्तरिय ‘लालसलाम कप’ भलिबल प्रतियोगिता हुने

    कैलालीमा क्याम्पसस्तरिय ‘लालसलाम कप’ भलिबल प्रतियोगिता हुने

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 2.3K
    SHARES

    धनगढी । धनगढीमा प्रथम ‘लालसलाम कप’ प्रदेश क्याम्पसस्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

    अनेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख १५ देखि २२ गतेसम्म धनगढी कभर्डहलमा प्रदेशका विभिन्न क्याम्पसहरुबीच भलिबल प्रतियोगिता हुन लागेको हो ।



    प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेको क्रान्तिकारी कैलाली जिल्ला समितिले जनाएको छ।



    विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट ३० टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

    प्रतियोगिताको लागि टिकापुर भलिबल ट्रोनिङ सेन्टरले सहकार्य गरेको आयोजक अनेरास्ववियू कैलाली जिल्ला समितिले जनाएको छ ।

    हरेक टिमले ९ जना खेलाडीसहित एकजना प्रशिक्षक र एकजना व्यवस्थापक हुनुपर्नेछ। १५ लाख ५५ हजारको लगानीमा प्रतियोगिता गर्न लागिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार