Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कम गुणस्तरको पानी विक्री, १९७ वटा पानीको जारसहित २ जना पक्राउ

    कम गुणस्तरको पानी विक्री, १९७ वटा पानीको जारसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 636
    SHARES

    काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ ।



    उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ ।



    यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ ।

    थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार