Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राइड सेयरिङ एप सम्बद्ध कम्पनीले चैत भित्रमा अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले राइड सेयरिङ सेवा दिने कम्पनीलाई चैतभित्र दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक विधेयक २०७९ मार्फत बागमती प्रदेश सरकारले प्रदशेभित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिएको राइड सेयरिङ एपमा निजी नमबरका सवारी साधन भाडामा लिने प्रयोजनमा प्रयोग भएका सवारीलाई दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको हो ।

आर्थिक विधेयकअनुसार अनुमति लिने प्रक्रिया प्रदेशको यातायात हेर्ने मन्त्रालयले निर्धारण गर्नेछ भने यातायात कार्यालयमा तोकिएको दस्तुर बुझाएर दर्ता गर्न सकिने उल्लेख छ ।

यसअघि सञ्चालनमा रहेका राइड सेयरिङ एपसमबद्ध कम्पनीले चैत भित्रमा अनिवार्य दर्ता गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारले निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु गैरकानुनी भन्दै पटक–पटक यस्तो सेवा रोक्न खोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077