Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं । भुक्तानी नपाएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगनको निर्णय गरेको छ । बिमा सेवा दिएबापत ०७७ मंसिरदेखिको ८ करोड रुपैयाँभन्दा बढी भुक्तानी नपाएको भन्दै अस्पताल प्रशासनले असार १५ देखि कार्यक्रम स्थगित गर्ने भएको हो ।

स्वास्थ्य बिमा बोर्डलाई पटकपटक रकम निकासाका लागि अनुरोध गर्दा पनि चासो नदेखाएपछि सेवा नै ठप्प पार्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

रकम अभावका कारण औषधि खरिदमा समस्या देखापरेको र थप आर्थिक भार थाम्न नसक्ने स्थितिमा पुगिसकेको अस्पतालले जनाएको छ । अस्पताल बाट दैनिक ६ देखि ८ सय बिमित बिरामीले सेवा लिने गरेका छन् ।

भुक्तानी नपाएर सेवा ठप्प भएको यो पहिलो घटना होइन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि बिमा कार्यक्रम स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077