Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • केयूकेएलले रोक्यो काठमाडौं उपत्यकामा ट्यांकरमार्फत खानेपानी वितरण

    केयूकेएलले रोक्यो काठमाडौं उपत्यकामा ट्यांकरमार्फत खानेपानी वितरण

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण केही समयका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोकेको छ ।

    केयूकेएलको ट्यांकर शाखाले सुख्खा याममा दैनिक ८० देखि ९० ट्यांकर र अन्य मौसममा ५० देखि ६० ट्यांकर खानेपानी वितरण गर्दै आइरहेको थियो ।



    केयूकेएलले खानेपानी ट्याङ्करको लागि आवश्यक पर्ने इन्धन भर्न साझा पेट्रोल पम्पसँग सम्झौता गरेको थियो ।



    तर, बजेट अभावका कारण इन्धनको रकम भुक्तानी गर्न नसकेपछि सेवा नै कटौती गर्नु परेको जनाइएको छ । केयूकेएलले सरकारी, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र नागरिकहरुलाई खानेपानी वितरण गर्दै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार