Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अपहरणको नाटक गरेर परिवारसँग २० लाख रुपैयाँ माग्‍ने युवक पक्राउ

काठमाडौं । अपहरणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजगणढ -३ घर भई ललितपुरको इमाडोलमा बस्‍ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले विराटनगरबाट पक्राउ गरेको हाे ।

उनले असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउँछु भनी डेराबाट हिडेको र पछि मोबाइल स्वीच अफगरी परिवारसँग नै फिरौति रकम माग्‍न अपरहणको नाटक गरेका थिए ।

पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्य्राईं गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077