Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वायुसेवा कम्पनीलाई नागरिक उड्डयन प्राधिकरणको चेतावनी - धाक धम्की यहाँ चल्दैन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई उडान नरोक्न चेतावनी दिएको छ ।

हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र भएको भन्दै उडान नरोक्न चेतावनी दिएको हो ।

‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ,' प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, 'हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाएको थियो ।

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077