Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषदको बैठक

    एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषदको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ ।

    मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक तय गरेको हो ।



    उपाध्यक्ष केशवलाल श्रेष्ठका अनुसार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३, १४ मा केन्द्रीय परिषदको बैठक बोलाइएको छ।



    केन्द्रीय परिषद्को बैठक भने एकीकृत समाजवादीले पहिलो पटक बोलाएको हो ।पहिलो पटक बस्न लागेको केन्द्रीय परिषद बैठकमा करिब १६ सयको उपस्थिति हुने छ ।

    केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार