Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेप्रति पोखरेलको कटाक्ष : कुनै पेशामा चर्चित हुनु राजनीतिमा योग्य हुनु होइन

काठमाडौं । निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।

रवि लामिछानेप्रति लक्षित गर्दै महासचिव पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले हिजोमात्र नयाँ पार्टी दर्ताका लागि निवेदन दिदै आफू पूर्ण रुपमा राजनीतिमा आएको उद्घोष गरेका थिए।

त्यसप्रति लक्षित गर्दै महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी बनाएकोमा विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077