Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको नेता रावलको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन ।

राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।

उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली देवनागरी मा हुनुपर्ने व्यवस्था छ ।

तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ । रावलले इम्बोस्ड​ नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077