Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

जति वर्ष जेल हाल्छ हालोस्, इम्बोस्ड नम्बर जडान गर्दिन : भिम रावल

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भिम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेका छन ।

आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै यस्तो घोषणा गरेका हुन् ।

‘जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धि उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिन’ रावलले भने, ‘जति वर्ष जेल हाल्छ हालोस् ।’

उनले इम्बोस्ड नम्बर प्लेटमा गुणस्तर समेत नभएको र घोटालाको गन्ध आएकाले यो जडान नगर्ने घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077