Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

काठमाडौं । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् ।

खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् ।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलगढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ ।

तुलसा ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077