Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साइकल यात्रीलाई ठक्कर दिएर भागेको कारमा लागुऔषध फेला , २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। बिहीवार महेन्द्रनगरदेखि धनगढी आउने क्रममा पूर्वपश्चिम राजमार्ग अन्तगरत डाउना होटल नजिक साइकल यात्रीलाई ठक्कर दिएर भाग्दै गरेको कारबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कारचालक भारतको शिव दुर्गा बिहार लम्करपुर सुरजकुण्ड फरिदाबाद हरियाणा बस्ने २२ वर्षीया रोहित सिंह र उक्त गाडीमा सवार मानपुर उत्तर प्रदेश बस्ने २३ वर्षीय रजत सिंह रहेका छन्।

उनीहरुको साथबाट ०.२५ ग्राम खैरो हेरोइन र ४.४८ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। रोहितले चलाएको भारतीय डीएल३सीसीएस९४७६ नम्बरको कारले बेदकोट नगरपालिका–७ बस्ने १५ वर्षीय साइकलयात्री पदम भट्टलाई ठक्कर दिएको थियो।

उनलाई ठक्कर दिएर भाग्दै गर्दा प्रहरी चौकी दैजीबाट खटिएको टोलीले कारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए। साइकल यात्री भट्टलाई महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077