Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

    कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 759
    SHARES

    धनगढी । एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई कारवाही गर्न सिफारिस गरिएको छ ।

    बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले बताए ।



    ३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।



    तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार