Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौंका मिठाइ पसलमा अखाद्य वस्तु भेटियो, २ लाखसम्म जरिवाना

    काठमाडौंका मिठाइ पसलमा अखाद्य वस्तु भेटियो, २ लाखसम्म जरिवाना

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.9K
    SHARES

    Turkish delight sweets at the Spice Market or Grand Bazaar in Istanbul Turkey

    काठमाडौं । काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

    समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएपछि जरिवाना गरिएको हो ।



    महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने, “यसअघि दिइएका निर्देशनको पालना नगरेर अटेरी गरेपछि जरिवाना तिराएका हौँ । ”



    गुलाबमा भेटिएका सामग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्याउन सक्ने खालका हुन् । अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्छन्, “जुन मिठाई पसलमा गयो, त्यहीँ समस्या छ । ”

    त्यस्तै महानगरले अनुुगमनका क्रममा लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेटरटाएको हो ।

    विभागका खाद्यविज्ञ ईश्वर सुवेदीले हाइड्रो कपडा सेतो बनाउन प्रयोग गरिने रसाइन वा अखाद्य वस्तु भएकाले यो मिठाईमा प्रयोग गर्नु स्वास्थ्यका लागि घातक भएको बताए ।

    यसको उपभोगले तत्काल कसैकसैलाई झाडाबान्ता हुने गरे पनि दीर्घकालमा आन्द्राको क्यान्सर हुनसक्ने उनको भनाइ छ । ती पसललाई १०/१० हजार रुपियाँका दरले जरिवाना गरेको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार