Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

    छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 966
    SHARES

    सिरहा । विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ/संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घरसंस्थाले आज संयुक्त विज्ञप्तिमार्फत् सत्यतथ्य छानबिन गरी घटनामा सङ्लग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका हुन् ।



    गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औं दिनको पुण्य थितिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘कृया भोजमा’ दलित र गैरदलितको लागि अलग–अलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घरसङ्गठनको भनाइ छ ।



    ‘सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

    त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घरसङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् । ती सङ्घरसंस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार