Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ढुसी परेको कोक बेच्दा कालिञ्चोक ट्रेडिङलाई महानगरले तिरायो डेढ लाख जरिवाना

    ढुसी परेको कोक बेच्दा कालिञ्चोक ट्रेडिङलाई महानगरले तिरायो डेढ लाख जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।



    उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।



    महानगरका निरीक्षण अधिकृत डा. अवधेश झा भन्छन्–‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो । लिकेज भएकोले ढुसी परेको हो ।’

    उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार