Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अखिल क्रान्तिकारीले विद्यालयमा लगाएको ताला काठमाडौं महानगरले तोड्यो

    अखिल क्रान्तिकारीले विद्यालयमा लगाएको ताला काठमाडौं महानगरले तोड्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी सङ्गठनले तीन वटा विद्यालयमा लगाएको ताला फोडेर पठनपाठन सूचारु गरेको छ ।

    काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी सङ्गठनले लगाएको ताला महानगरले फोडेको हो ।



    छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।



    महानगरका मेयर बालेन साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार