Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बारामा पौडेल हत्या प्रकरण : एक नाबालकसहित १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा । बारामा राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ पौडेलको हत्या आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरी कारागार चलान गरिएको हो ।

आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने १ नाबालकलाई बाल सुधारगृह भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन ।

पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री, जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र १ नाबालक छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077