Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवसरवादीहरूसँग सौदाबाजी गर्दा अहिले सरकारमा पुगिन्छ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरूले चाहे अहिले पनि सरकारमा पुग्न सकिने दाबी गरेका छन् ।

पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनमा रहेका स्वार्थी र अवसरवादीसँग मिल्ने हो भने, सरकारमा सजिलै पुग्न सकिने बताए ।

‘सरकारमा पुग्नलाई अहिले पनि गठबन्धनका अवसरवादी स्वार्थीहरूसँग सौदाबाजी गर्ने हो भने सरकारमा पुग्न सकिन्छ,’ उनले भने,‘तर देश बन्छ की बन्दैन ? पछाडि पारिएका समुदायहरू माथि उठ्छन् कि उठ्दैनन् ?’

सरकार बनाउनु मात्र ठूलो कुरा नभएको बताउँदै महासचिव पोखरेलले देश बनाउनु ठूलो कुरा रहेको बताए । यस्तै एमालेले गठबन्धनबाट देश नबन्ने निष्कर्ष निकालेको उनले बताए । ‘हामीले के निष्कर्ष निकालेका छौँ भने गठबन्धनका माध्यमबाट देश बन्न सक्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077