Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढालेको नेता खनालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग पाइनँ भन्नु ‘पागल–प्रलाप’ भएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै खनालले त्यतिबेला प्रतिपक्ष पनि निदाएको अवस्थामा रहेको बताए। ‘त्यतिखेरको प्रतिपक्ष पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे। यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल(प्रलाप मात्रै थियो,’ उनले भने ।

ओलीले नेकपाको दुई तिहाइ नजिकको बहुमत भएको संसद भंग गरेर राजा महेन्द्रकै शैली देखाएको उनले पनि बताए । जसका कारण प्रगतिशील कानून र एजेन्डा ल्याउन सकिने सम्भावना भए पनि त्यो गुमेको खनालले दावी गरे ।

‘त्यो संसद्‍मा नेकपाको दुई तिहाइको शक्ति थियो,’ उनले भने, ‘यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077