Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कास्कीको लुम्ले र जुमलेपाटीमा भारी वर्षा, सतर्कता अपनाउन अपिल

कास्की । कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा पछिल्लो ६ घन्टा अति भारी वर्षामापन भएको छ ।

बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागले आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जानसक्ने भन्दै बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077