Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केन्द्रीय समिति बैठकमा तोडफोड गरेको भन्दै अखिल क्रान्तिकारीका कार्की सहित ८ जना निलम्वित

काठमाडौं । अखिल क्रान्तिकारीका नेता पवन कार्की सहित ८ जनालाई अनिश्चितका लागि निलम्बन गरिएको छ । अखिल क्रान्तिकारीको तेस्रो पूर्ण बैठकको निर्णय आइतबार निर्णय सार्वजनिक गर्दै अनिश्चितकालका लागि निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निलम्बन पर्नेमा कार्की सहित वसन्ता भण्डारी, बालकुमार केसी, उपदेश यादव, रविन बस्नेत, पदम नेपाली, समीर बुढाथोकी र संजिव चौधरी छन् ।

गत जेठ ५ गतेका संगठनको केन्द्रीय समिति बैठकमा होहल्ला गर्दै तोडफोड गरेर घाइते बनाएकाले कार्की सहित ८ जनालाई निलम्बन गरिएको हो ।

यस्तै संगठन सुदृढीकरण र परिचालन गर्न तीन महिने अभियान चलाइने भएको छ । यस्तै प्रदेश र संघको निर्वाचन अघि नै स्ववियू निर्वाचन गराउनु पर्ने माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077