Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको अहंकार खत्तम पार्न धेरै कष्ट गर्नुपर्‍यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आफूले धेरै कष्ट गर्नुपरेको बताएका छन्।

पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार असफल पार्न ठूलो मिहिनेत गरेको बताएका हुन्।

उनले भने, ‘०७८ साल भदौ २ गते हामी विद्रोह गरेका थियौँ। कति गाह्रो भएको थियो। अर्याल होटल साथीहरूलाई बोलायौँ। बसमा चढेर चन्द्रागिरीमा गएर बस्यौँ। केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौँला भन्ने सोचेका थिए। तर, उनको सबै योजना फेल गरायौँ। कति कष्ट गर्नुपर्यो। बल्लतल्ल संख्या पुर्‍यायौँ।’

आफूलाई साथ दिएका नेताहरुले अन्तमा साथ छाडेको गुनासो गरे। ओलीले एकलौटी गर्न थालेपछि मात्रै साविकको नेकपामा समस्या आएको बताए। ओली सत्तामा पुगेपछि व्यक्तिवाद अहंकारमा परिणत भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077