Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशले बनायो आफ्नै लगानीमा ‘राष्ट्रिय गौरव’को पुल

एजेन्सी । बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा (ब्रिज पुल )आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् ।

यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्दछ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण गरिएको छ ।

कतिपयले पूर्णरुपमा स्वदेशी लगानीमा बहुउद्देश्यीय यो पुल निर्माण गर्न बंगलादेश सफल हुनेमा शंका गरेका थिए । तर बंगलादेश स्वदेशी लगानीमै पुल निर्माण गर्न सफल भएको छ ।

राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुल निर्माणमा संलग्नहरुप्रति आभार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077