Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेकपा एसको केन्द्रीय परिषद् बैठकमा देश तथा विदेशबाट १५ सय बढीको सहभागिता रहने

    नेकपा एसको केन्द्रीय परिषद् बैठकमा देश तथा विदेशबाट १५ सय बढीको सहभागिता रहने

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन हुने भएको छ ।

    प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने छन् ।



    बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।



    एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार