Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा परी दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक ४५ बर्षीय ललित कुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडा अध्यक्ष ४५ बर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका–४ का ४८ बर्षीय खगेन्द्र मिश्र र दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय विष्णु बहादुर दौल्याल घाइते भएका छन्।

घाइतेहरुको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागेपनि अवस्था सामान्य रहेको घाइते खगेन्द्र मिश्रले बताए। दुर्घटनाको कारण भने खुलेको छैन। घाइतेहरूलाई जिल्ला अस्पताल सिम खेत ल्याउने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077